१३ कार्तिक २०८३, शुक्रबार

चाल्नाखेलमा भेटिएका शव कक्षा १० मा पढ्ने १६ र १८ वर्षीय विद्यार्थी रहेको खुलासा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ चैत । काठमाडौँको चाल्नाखेलमा भेटिएको दुई शव विद्यार्थीको भएको खुलेको छ ।

दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा शुक्रबार दिउँसो खहरेस्थित जंगलमा फेला परेको शव दुई जना विद्यार्थीको भएको पुष्टि भएको हो ।

प्रहरीले मृतकका आफन्तमार्फत शवको पहिचान गरेको हो ।

नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्का र काभ्रे घर भएका १८ वर्षीय मंगल तामाङको शव रहेको प्रहरीले जनाएको छ ।

खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा र मंगल चाँही क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।

उनीहरु दुवैजना एकआपसका साथी भएको र बाङ्गेमूढामा बस्ने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंह कमाण्डको टोलीले घटनास्थलमा पुगेर शवको मुचुल्का गरेको छ भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरले शवको अवलोकन गरेका छन् ।

पारिवारिक स्रोतका अनुसार उनीहरु बिहीबार विहान १० बजेदेखि हराइरहेका थिए ।

पोष्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।