ललितपुर, ६ चैत । ललितपुर महानगरपालिकाको विभिन्न ठाउँमा टाँसिएका पर्चा हटाउने अभियान आजदेखि शुरु भएको छ ।
अभियानको महानरपालिकाका मेयर चिरिबाबु महर्जनले कुपण्डोलको वागमती पुलबाट उद्घाटन गर्दै छन ।
स्वच्छ महानगरपालिका अभियानअन्तर्गत आजदेखि विभिन्न ठाउँमा रहेका पर्चा हटाउन लागिएको छ ।
विभिन्न खालका कागजमा लेखिएका पर्चाले सहर कुरुप बनाएकाले हटाउन लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । शहरलाई सुन्दर बनाउन अन्य योजना पनि लागू गर्ने महानगरपालिकाको तयारी छ ।
अबदेखि जथाभाबी पर्चा टाँस्न पाइने छैन । यो नियमको अटेर गरे कारबाही हुने महानगरपालिकाले जनाएको छ ।
स्वच्छ सहर अभियान अन्तर्गत योभन्दा अगाडि पनि महानगरपालिकाभित्र रहेका होर्डिङ बोर्ड र जाँडरक्सीका विज्ञापन गरिएको बोर्ड महानगरपालिकाले हटाएको थियो ।











प्रतिक्रिया