काठमाडौं, ६ चैत । नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०२ र १०३ औंं आउटलेट प्रदेश नम्बर १ को झापाका प्रमुख बजारहरू बिर्तामोड र दमकमा संचालनमा ल्याएको छ ।
कम्पनीले प्रदेश नम्बर १ का आफ्ना ग्राहकहरूलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्ना नयाँ आउटलेटहरू प्रमुख शहरहरूमा संचालनमा ल्याएको हो ।
नयाँ आउटलेटहरु क्लासिक टेकले बिर्तामोडको धन सुर्य कम्प्लेक्स शनिश्चरे रोडमा तथा दमकको मंगलदिप मार्केटको दोस्रो तल्लामा स्थापना गरेको छ ।
क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा दुवै नयाँ आउटलेट उद्घाटन गरेका थिए ।
संचालनमा ल्याएको नयाँ आउटलेटहरुबाट कम्पनीले पूर्वी भेगका हरेक साना गाउँहरुमा आफ्नो नेटवर्क र सेवा बिस्तार गर्ने योजना लिएको छ ।
यी आउटलेटहरूबाट तिब्ररुपमा ग्राहकहरूलाई सेवा उपलब्ध गराउनका लागि ४५ जना कर्मचारीहरु कस्टमर सपोर्ट, फाइबर स्टाफ, बिलिंग र मार्केटिंगका लागि राखिएको छ ।
यसअघि देखि नै क्लासिक टेकले बिर्तामोड र दमक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरूलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ ।
घरायसी प्रयोजन, साना कार्यालयहरू र कर्पोरेट कम्पनीहरूका लागि समेत सो सेवा उपलब्ध हुनेछ । कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर झापाका सेवाग्राहीहरूको लागि पनि उपलब्ध गराएको छ । अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका छन् ।
नयाँ आउटलेटहरू संचालनमा आएसँगै नेपालको पूर्वी भेगको प्रमुख शहरहरूमा ग्राहकहरूले घर नजिकबाटै कम्पनीको सेवा लिनसक्ने बताए ।
झापाको बिर्तामोड र दमक, नेपालको पूर्व क्षेत्रका प्रमुख शहरहरू हुन जहाँ हाम्रो फास्ट इन्टरनेट सेवा अब ग्राहकले घर नजिकैको शाखाबाट सजिलै लिन सक्नेछन् ।
‘अरु इन्टरनेट सेवा प्रदायकहरूको भन्दा उत्कृष्ट मूल्यमा हामी तिब्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौं’, कम्पनीको इस्ट रिजनका डेपुटी चिफ रिजनल अफिसर भुपालसिंह कार्कीले भनेका छन ।
कम्पनीले धमाकेदार अफरअन्तरगत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५० टिभी च्यानलहरू र युट्यूब समेत हेर्न सकिने सुबिधा रहेको छ ।















प्रतिक्रिया