
काठमाडौँ । एरीना इन्टरटेन्टमेन्टको प्रस्तुतीमा मेलिना राई र कृष्ण काफ्लेको आवाजमा सजिएको रोमान्टिक गीत ‘तिमीलाई देख्दा मात्र’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रदिप सुबेदीको शब्द, पुरूषोत्तम न्यौपानेको संगीत रहेको यो म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट नामक युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा नयन सिँह र निशा लामाको जिवन्त अभिनय देख्न सकिन्छ ।
यस म्युजिक भिडियोको निर्देशन अमृत सुनुवारले गरेका हुन् । यस भन्दा अगाडि पनि एरीना इन्टरटेन्टमेन्ट मार्फत “लगन जुरेरे” “लाइदेउ माया” “ओठमा छ लाली” “तिम्रो दिल्को”जस्ता चर्चीत गीतहरु सार्वजनिक भइसकेका छन् ।
हेर्नुस् भिडियाे:















प्रतिक्रिया