५ कार्तिक २०८३, बिहिबार

अन्नपूर्ण पोष्ट दैनिक वैशाखदेखि बन्द हुँदै

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । मुलधारको दैनिक पत्रिका अन्पूर्ण पोष्ट दैनिक आगामी वैशाखदेखि बन्द हुने भएको छ ।

पत्रिका प्रकाशन गर्ने संस्था नेपाल न्यूज इन्टरनेशनल प्रालि नै घाटामा गइरहेकाले पत्रिका बन्द गर्नुपर्ने अवस्था आएको पत्रिकाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मानस घिमिरेले बताएका छन् ।

मंगलबार अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत २८ जना पत्रकारहरुले सामूहिक राजीनामा दिएसँगै पत्रिका बन्द हुने योजना सार्वजनिक भएको हो ।

वैशाख दोस्रो वा तेस्रो सातादेखि केही समयका लागि पत्रिका बन्द गर्ने तयारी भइरहेको सीईओ घिमिरेको भनाइ छ । तर, मिडिया हाउस नै बन्द गर्न लागिएको भने नभएको उनले स्पष्ट पारेका छन् ।

प्रिन्ट बन्द गरेर अनलाइनलाई थप परिस्कृत बनाउने योजना मिडिया हाउसको छ ।

मंगलबार सामूहिक राजीनामा दिने पत्रकारहरुमा विनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारी, तिलक सापकोटा, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, गोविन्द रेग्मी, खगेन्द्र भण्डारी, उमा विष्ट, सुनिता कार्की, सूर्यप्रसाद पाण्डे, अनन्त वाग्ले, दिनेश गौतम, अजवी पौडेल, लिलाराज अधिकारी, टिका बन्धन, कृष्णराज चौधरी, रामकृष्ण रानामगर, देवेन्द्र महत, सागर खड्का, सञ्जीव दाहाल, कपिल रोकाया, माधव छिनाल, उपेन्द्र अर्याल, विष्णु थापा, विनय बञ्जारा र दीपकराज घिमिरे छन् ।

२०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी पत्रकारको हस्ताक्षरसहित सम्पादक अखण्ड भण्डारीलाई मंगलबार सामुहिक राजीनामा बुझाएका हुन् । यसका अलावा अन्य १२ जनाले छुट्टा–छुट्टै राजीनामा दिइसकेको पनि बताइएको छ ।

राजीनामा दिएका एक पत्रकारले गत वर्षको चैतदेखि हालसम्म आधा मात्रै पारिश्रमिक पाएका छन् । आफूहरुको सम्पूर्ण पारिश्रमिक तथा भत्ता पाउनुपर्ने उनीहरुको माग छ ।