
काठमाडौं, ५ चैत । नेकपा एमालेको असन्तुष्ट समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदैछ ।
ललितपुरको हेरिटेज गार्डेनमा जारी भेलाले आगामी तीन महिने कार्यभार सार्वजनिक गर्ने बताइएको छ । हिजो शुरु भएको भेलाको पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिएको थियो ।
१० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरी आजको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पारित गर्ने बताइएको छ ।
‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ नाराका साथ ८ पृष्ठको प्रतिवेदन पनि पारित गर्दै आज साँझ भेला सम्पन्न गरिने नेताहरुले बताएका छन् ।















प्रतिक्रिया