२ कार्तिक २०८३, सोमबार

ताञ्जानियाका राष्ट्रपति जोन मागुफुलीको निधन, १४ दिने राष्ट्रिय शोकको घोषणा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताञ्जानिया, ५ चैत । पूर्वी अफ्रिकी देश ताञ्जानियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ ।

६१ वर्षीय राष्ट्रपतिमा मुटुको समस्याका थियो । राष्ट्रपति मागुफुली विगत दुई हप्तादेखि सार्वजनिक रुपमा नदेखिएपछि उनको स्वास्थ्यमा समस्या रहेको अड्कल गर्न थालिएको थियो । उता उनलाई कोरोना भाइरसको संक्रमण भएको बताइए पनि यसको पुष्टि हुन भने सकेको छैन ।

राष्ट्रपतिको निधनमा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ भने राष्ट्रिय झण्डा आधा झुकाइने छ ।