६ मंसिर २०८३, आइतबार

मोरङ कांग्रेसका पूर्वसभापति कोइरालाको निधन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ५ चैत । नेपाली कांग्रेस मोरङका पूर्वसभापति एवम् पूर्वसांसद अशोक कोइरालाको निधन भएको छ ।

अन्दाजी ७७ वर्षीय कोइरालाको बिहीबार बिहान १ बजेतिर निधन भएको कांग्रेस नेतृ मृदुला कोइरालाले जानकारी दिएकी छिन् ।

कोइराला अस्वस्थ्य भएपछि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको छ । कोइरालाको उपचारका क्रममा निधन भएको थियो ।

सुशील कोइराला फाउण्डेशनका सल्लाहकार समेत रहेका कोइरालाले लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान गरेका थिए । मोरङ कांग्रेसका लागि उनले लामो समयसम्म काम गरेका थिए ।