१३ कार्तिक २०८३, शुक्रबार

जसपाको माग सम्बोधनमा प्रधानमन्त्री ओली सकारात्मक हुनुभएको छः लक्ष्मणलाल कर्ण

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको माग सम्बोधनका लागि सकारात्मक भएका बताएका छन् ।

वुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै कर्णले संविधान संशोधन, नागरिकता लगायतका मागमा संवैधानिक र कानूनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएको बताए ।

अन्य दलहरुले नयाँ सरकारको गठनका कुरा गरिरहेका बेला जसपाका नेता कर्णले भने ओली नै आफूहरुका मागप्रति सकारात्मक भएको बताएका हुन् ।

त्यस्तै, उनले भने, ‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुन बेला पल्टाइदिन्छ, त्यो बेला साफ हुन्छ । त्यसकारणले सरकारमा जानु अलग हो । सरकारलाई समर्थन गर्नु अलग हो । र सरकारै चलाउने विषय झन अलग हो । यसको लागि पार्टीले भने त मेरो विचार काम लाग्दैन ।’