९ कार्तिक २०८३, सोमबार

कञ्चनपुरमा गाडी दुर्घटना, एक जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, ४ चैत । कञ्चनपुरमा टायर पड्किएर गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउदै गरेको म १ ज २४३ नम्बरको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर डडेल्धुराको अमरगढी नगरपालिका –५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्तको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी पन्तको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गाडीमा सवार अन्य ६ जना घाइते भएका छन् । उनीहरूको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ ।

गाडीको पछाडिको बायाँतर्फको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।