१३ कार्तिक २०८३, शुक्रबार

चैत ४ र ५ गतेको गुटगत भेलामा सहभागी नहुन एमाले महासचिव पोखरेलको निर्देशन

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एउटा गुटले पार्टीको नाममा चैत ४ र ५ गते आयोजना गरेको भेला आधिकारिक नभएको जनाएको छ ।

पार्टीको नाममा यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी सूूचना प्रचार भएकामा पार्टीका महासचिव ईश्वर पोखरेलले उक्त भेला आधिकारिक नभएको जनाएका छन् । त्यो अनाधिकृत गुटगत भेलामा सहभागी नहुन सम्पूर्ण पार्टीका नेता कार्यकर्ताहरुलाई पोखरेलले आह्वान गरेका छन् ।

महासचिव पोखरेलले विज्ञप्ति गर्दै भनेका छन्, ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) ले सबै नेता/कार्यकर्तालाई विशेष निर्देशन गरिएको छ । “अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ ।”