१ कार्तिक २०८३, आइतबार

कहाँ हरायो प्रधानमन्त्रीको ६ करोड रुपैयाँ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-KOIRALAकाठमाडौं, १८ चैत । प्रधानमन्त्री सुशील कोइरालाले पार्टी महाधिवेशनको लागि जोगाएर राखेको ६ करोड रुपैयाँ बेपत्ता भएको छ ।

आफूले महाधिवेशनमा खर्च गर्ने गरी जोगाएर राखेको ६ करोड रुपैयाँ एकाएक गायब भएपछि कोइरालाले आफू निकटका एक वरिष्ठ नेतासँग रोइकराई गरी पैसा गायब भएको खबर सुनाएको जनआस्था साप्ताहिकले खबर छापेको छ ।

कोइरालाले ती बरिष्ठ नेतासँग भनेका थिए,(‘हेर्नुस्,न पार्टीलाई भनेर अलिअलि पैसा जम्मा गरी राखेको थिएँ । त्यो लक्ष्मण जम्मै लगिदियो ।’ रकम कति थियो भन्ने प्रश्नमा कोइरालाले जवाफ दिए ‘६ करोड मात्रै हो ।’

लक्ष्मण ढकाल केही महिनाअघिसम्म कोइरालाका स्वकीय सचिव थिए । अहिले प्रधानमन्त्रीको बेडको चावी मृदुला कोइरालासँग छ ।

प्रधानमन्त्री सुशील कोइराला आगामी भदौमा हुने पार्टीको महाधिवेशनबाट सभापति र प्रधानमन्त्री दुवै पदमा रहिरहने प्रक्रियामा जुटेका छन् ।

त्यसैका लागि उनले हितैषीमार्फत जुटाइको ६ करोड रुपैयाँ गायव भएको बताइएको छ । यसअघि पनि प्रधानमन्त्री कोइरालाको कोठाबाट १२ लाख रुपैयां हराएको थियो ।