१३ कार्तिक २०८३, शुक्रबार

सिन्धुलीमा जिप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु, ७ घाइते

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ चैत । सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो करिब ४ बजे कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोजकुमार लामाका अनसार जिप खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई सिन्धुलीमा उपचार भइरहेको र गम्भीर घाइते भएका चालकलाई धुलिखेलमा लैजान लागिएको बताइएको छ ।

११ जना सवार जिप सडकमा आफैँ अनियन्त्रित हुँदा तल खसेको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।