१३ कार्तिक २०८३, शुक्रबार

शीतल निवासमा सर्वदलीय बैठक जारी, को को छन् सहभागी ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक शीतल निवासमा जारी छ ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरु सहभागी छन् । वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा दलका नेताहरू गोलबद्ध भएर बसेका छन् भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली अगाडि छन् ।
को को छन् त बैठकमा सहभागी ?

नेकपा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा रहेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि र शशांक कोइरालाको उपस्थिति रहेको छ ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी भएका छन् ।

जनता समाजवादी पार्टीबाट अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो रहेका छन् ।

राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी, राप्रपाबाट डा.प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल रहेका छन् भने मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पनि सहभागीता रहेको छ ।