९ कार्तिक २०८३, सोमबार

हाईड्रोपावरमा ब्लास्टिङ्ग गर्दा ढुङ्गाले लागेर एक युवकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

म्याग्दी, ३ चैत । अन्नपुर्ण गाउँपालिका–४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगरको सोमबार बेलुका मृत्यु भएको छ ।

ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।