१३ कार्तिक २०८३, शुक्रबार

सर्वदलीय बैठकमा, नेपाल-खनाल नजाने, प्रचण्ड जाने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नजाने भएका छन् ।

नेपालको सचिवालयका अनुसार सो पक्षले वुधबार गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा व्यस्त रहेकाले नेपाल बैठकमा नजाने बताएको हो ।

त्यस्तै, एमालेकै वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि बैठकमा नजाने बताएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सर्वदलीय बैठकमा सहभागी नहुने भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा जाने भएका छन् ।