५ कार्तिक २०८३, बिहिबार

शोक प्रस्ताव पारित गरेर सकियो संसद्‍ बैठक, अर्को बैठक शुक्रबार बस्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । आज बसेको प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।

आगामी शुक्रबार (चैत ६ गते) दिउँसो १ बजे बस्नेगरी सकिएको हो । मंगलबार बस्‍ने बैठकमा कुनै बिजनेस नभएका कारण बैठक शोक प्रस्ताव पारित गरेर सम्पन्न भएको हो ।

आजको बैठकमा पूर्वसांसद दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो । यादव २०७० सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बाँके २ बाट यादव निर्वाचित भएका थिए । २०७७ माघमा यादवको निधन भएको थियो ।