५ कार्तिक २०८३, बिहिबार

एमाले केन्द्रीय सदस्य र सांसदका लागि बालुवाटारमा चियापान, गएनन् खनाल–नेपाल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्य र सांसदहरूका लागि मंगलबार चियापान कार्यक्रम आयोजना गरेका छन् ।

आगामी शनिबार (चैत ७ गते) बस्ने केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको चियापानमा संस्थापन पक्षका नेता तथा सांसदहरु सहभागी भए पनि झलनाथ–माधव पक्षकाहरु भने अनुपस्थित भए ।

संस्थापनसँग असन्तुष्टि व्यक्त गर्दै आएका वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल पक्षले भने उक्त चियापान कार्यक्रम बहिष्कार गरेको छ ।

चियापान बहिष्कारपछि भावी रणनीति तयार गर्न स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार आयोजना गरेको सो बैठकले राष्ट्रिय कार्यकर्ता भेला र त्यसपछिका योजना तय गर्ने एक नेताले बताए ।

एमाले स्थायी कमिटीका २२ जना सदस्यमध्ये नेपाल पक्षमा ११ जना छन् । पार्टी अध्यक्ष केपी ओलीले फागुन २८ गतेको विशेष बैठकका निर्णय खारेज नगरे समानान्तर कमिटी सञ्चालन गर्ने तयारी नेपाल पक्षको छ ।