१३ कार्तिक २०८३, शुक्रबार

सुजाता कोइराला भन्छिन्-‘अब कांग्रेसको नेतृत्व मलाई दिनुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujata-koiralaविराटनगर, १८ चैत । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले महिलालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टीको आगामी महाधिवेशनमा आफू सभापतिको पदमा उम्मेदवारी दिने बताउँदै महिलालाई नेतृत्व हस्तान्तर गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपाल प्रेस युनियन मोरङले आज बिहान जिपी प्रतिष्ठान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सभापति पदमा सुशील कोइराला नउठेको खण्डमा आफू सभापति पदमा महिलाको सशक्तीकरणका लागि उठ्ने स्पष्ट पार्नुभयो ।

उहाँले मुलुक सङ्घीयतामा गइरहेको अवस्थामा पार्टीभित्र नयाँ नेतृत्वको विकासका लागि थुप्रै समावेशी पद सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सहमति, सहकार्य र एकताका लागि गिरिजाबावुले दिनुभएको सन्देशलाई नेपाली काँग्रेस पालना गरेर अगाडि बढिरहेको प्रसङ्ग उल्लेख गर्दै नेत्री कोइरालाले अहिले पनि सहमतिका लागि प्रर्याप्त समय रहेकाले एमाओवादीलगायतका दललाई लचिलो हुन आग्रह गर्नुभयो ।