
काठमाडौं, ३ चैत । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पक्षले आज छुट्टै भला आयोजना गर्ने भएको छ ।
बल्खुस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजेपछि हुने भेलामा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षसहित एमालेका सबै पदाधिकारी खारेज गरेको विषयमा छलफल गरिने बताइएको छ ।
उपाध्यक्ष गौतमले प्रधानमन्त्री अोलीसँग मिल्ने र सँगै जाने सबै सम्भावना समाप्त भएको घोषणा यसअघि नै गरिसकेका छन् । ओलीले आफूनिकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर झलनाथ–माधव र बामदेव समूहको सबै जिम्मेवारी खोसेपछि दुवै समूह संस्थापनपक्षसँग रुष्ट बन्दै आएको छ ।















प्रतिक्रिया