
काठमाडौं, ३ चैत । जनता समाजवादी पार्टी जसपाको पदाधिकारी बैठक आज मंगलबार दिउँसो २ बजे बस्ने भएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा सत्ता समीकरणको विषयमा छलफल हुने बताइएको छ । नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ । बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषय पनि रहने छन् ।















प्रतिक्रिया