
काठमाडौँ, २ चैत । गण्डकी प्रदेशमा आयोजित प्रदेश स्तरीय लोक दोहोरी गित प्रतियोगितामा लोक दोहोरी गित प्रतिष्ठान बागलुङका सुमन खडका र शर्मिला बिसिको टिम प्रथम हुन सफल भएको छ ।
राष्ट्रिय लोक दोहोरी दिवस २०७७ को अवरसमा गण्डकी सामाजिक विकास मन्त्रलायको विशेष सहयोगमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी प्रदेशले आयोजना गरेको प्रतियोगितामा ९ टिममध्ये खड्का र बिसिको टिम पहिलो स्थान ओगटेको हो ।
त्यस्तै, प्रतियोगितामा प्रतिष्ठान स्याङजा द्धितीय, प्रतिष्ठान लमजुङ तृतिय र प्रतिष्ठान तनहु शान्तवना स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाएको छ । त्यस्तै, द्धितीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ, तृतीय हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वना हुने टिम तनहुले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् ।
पुरुष तर्फ उत्कृष्ट गायक घोषित हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र महिला तर्फ म्याग्दीकी हिरा किसानले ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरूङको प्रमुख आतिथ्यितामा सम्पन्न प्रतियोगितामा सहभागी टिमलाई जिल्ला स्तरबाट छनौट गरिएको थियो ।















प्रतिक्रिया