९ कार्तिक २०८३, सोमबार

बझाङमा भीरबाट लडेर मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बझाङ, २ चैत । बझाङमा भीरबाट लडेर एकको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–६ बखेतका ३० वर्षीय जसवीर धामीको मृत्यु भएको छ ।

धामी गाउँकै रातागणाबाट ग्याबिन जाली ल्याउने क्रममा उनी भिरबाट लडेको थिए । आइतबार घरमा अबेरसम्म नफर्केपछि उनको खोजी कार्य गर्दा आज बिहान स्थानीयवासीले भीरबाट २०० मिटर तल खसेको अवस्थामा शव फेला परेको परिवार स्रोतले जनाएको छ ।

मृतक धामीको शव परीक्षण गर्न देउलेख प्राथमिक स्वास्थ्य चौकीमा राखिएकोे र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

युवाको मृत्यु

गलकोट–भीरबाट लडेर बागलुङका एक युवाको आज भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका–४ ओडारचौरस्थित भिरबाट खसेर काठेखोला गाउँपालिका–३ धम्जा निवासी २२ वर्षीय गणेश बोहोराको लडेरबाट लडेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णपल्ली मगरले जानकारी दिए ।

बोहोरा ओडारचौरस्थित घरमा आइतबार राति साथीसँगै सुतेको र बिहान नभेटेपछि खोजतलास गर्दा घरमुनिको भीरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बोहोराको शव परीक्षणका लागि धौलागिरि अस्पतालमा राखिएको छ । –रासस