
काठमाडौँ, २ चैत । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गर्न प्रस्ताव गरेका छन् ।
लामो समयदेखिको अन्योलतालाई चिर्न ओलीले अग्रसरता देखाउँदै प्रचण्डलाई फोन गरेको बताइएको छ ।
प्रधानमन्त्री ओली प्रचण्डलाई फोन गरेर भेट्ने प्रस्ताव गरेको प्रचण्ड निकट नेताले जनाएका छन् ।
स्रोतका अनुसार ओलीले प्रचण्डलाई भेटको प्रस्ताव गरेको तर प्रचण्ड बैठकमा भएको कुरा जानकारी गराएको बताइएको छ ।
त्यस्तै, भेटेर कुरा गरौँ भन्ने ओलीको आग्रहमा प्रचण्डले पार्टी अलग भएपछि भेटेर के गर्ने भन्ने प्रतिप्रश्न गरेका बताइएको छ ।
फोनवार्तामा ओलीले प्रचण्डलाई भने, ‘तपाईंको कुरा तपाईसँग हुन्छ, मेरो कुरा मैसँग हुन्छ । मैले भनेको कुरा तपाईंले मान्नु पर्छ भन्ने पनि छैन, तपाईंले भनेका कुरा मैले मान्नु पर्छ भन्ने पनि छैन । तर म केही कुरा गर्न चाहन्छु ।’
लामो समयदेखि संवादहिनताको अवस्थामा रहेका उनीहरुबीच आज फोनवार्ता भएको हो ।















प्रतिक्रिया