काठमाडौं, १८ चैत । अख्तियारका प्रमुखआयुक्त लोकमानसिं कार्कीले दुई नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिनुमा आफ्नो दवावमूलक भूमिका रहेको भनी अनसनरत चिकित्सक केसीले लगाएको आरोपप्रति आपत्ति जनाएका छन् ।
एक वक्तव्यमार्फत कार्कीले नीजि स्वार्थका लागि कसैमाथि कुनै दवाव नदिएको भन्दै दावी गरेका छन् ।
‘विभिन्न आवरण र बहानामा मलाई लाञ्छित गर्ने सम्बद्ध सबैलाई मेरा विरुद्धको आक्षेप पुष्टि गर्न चुनौती दिन चाहन्छु’ बक्तव्यमा भनिएको छ ।
आयोगको निरन्तर अनुगमन, छानविन र खवरदारीका कारण सरोकारवालामा त्रासको वातावरण भई मेडिकल शिक्षा प्रणालीमा सुधार आएको दावी गर्दै कार्कीले देवदह मेडिकल कलेजको अनुगमनका क्रममा झुट्टा प्रतिवेदन तयार पारिएकोमा आयोगले मुद्दा दायर गरेको उल्लेख गरेका छन् ।
आयोग यतिमै सन्तुष्ट छैनु वक्तव्यमा भनिएको छ, ‘मेडिकल क्षेत्रमा व्याप्त विसंगतिलाई लिएर अख्तियार वितेका डेढ वर्षयता छानविनरत छ ।’















प्रतिक्रिया