५ कार्तिक २०८३, बिहिबार

ओली–नेपाल छलफल निष्कर्षविहीन तर सकारात्मक : नेता रघुजी पन्त

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । झलनाथ खनाल र माधव कुमार नेपाल समूहका नेता रघुजी पन्तले ओली–नेपालबीच केहीबेरअघि भएको छलफल तथा भेटवार्ता सकारात्मक भएको बताएका छन् ।

भेटवार्तापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता पन्तले छलफल कुनै निष्कर्षमा नपुगे पनि सकारात्मक कोणबाट अगाडि बढेको बताएका छन् । छलफलमा दुवै पक्षका नेताहरुले आ–आफ्नो अडान राखेको उनको भनाइ छ ।

आफूहरूले फागुन २८ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय मान्य नहुने जानकारी गराएको उनको भनाइ छ । आफूहरुको जानकारीबारे ओलीले कुनै प्रतिक्रिया नदिएको उनले बताए ।

२८ गते माधव नेपाल पक्षका केही नेताहरुको जिम्मेवारी खोसेर प्रधानमन्त्री ओलीले माओवादीबाट आएका केही नेतालाई जिम्मेवारी दिलाएका छन् । उक्त कुराको एजेन्डा छलफलमा मुख्य रुपमा उठेको बताइएको छ ।

आ–आफ्नो अडानमा नेताहरु भए पनि नेकपा एमालेलाई सुदृढ बनाएर लैजाने पक्षमा दुवै पक्ष सहमत भएको छलफलमा समेत सहभागी भएका नेता पन्तले जानकारी दिए ।