
काठमाडौं, २ चैत । सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सभामुखको सचिवालयका अनुसार समितिको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ । यसअघि दुई दिन बसेको प्रतिनिधिसभा बैठकअघि उक्त समितिको बैठक बोलाइएको थिएन ।
परामर्श समितिमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी हुने छन् । परामर्श समितिको बैठकमा दलहरुबीच संसद बैठक सञ्चालनबारे न्युनतम सहमति खोज्नका साथै कार्यसूचीबारे छलफल गर्ने प्रचलन छ ।
यसअघि बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको थियो भने हालको माओवादी केन्द्र तथा सत्तारुढ दल नेकपा एमालेका असन्तुष्ट केही सांसदले वहिष्कार गरेका थिए ।
दलहरुको अवरोधपछि स्थगित भएको बैठक भोलि मंगलकार दिउँसो १ बजे पुनः बस्दै छ ।















प्रतिक्रिया