
काठमाडौं, २ चैत । आज देशभरको मौसम सामान्यतः सफा रहने भए पनि पहाडी भेगमा मौसम बदली हुने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रहने बताएको हो । महाशाखाले जारी गरेको सूचना अनुसार आज देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने र पहाडी भेगमा मौसम बदली रहनेछ ।
महाशाखाले जारी गरेको सूचनामा आज दिउँसो पनि समग्रमा मौसमको अवस्था सामान्यदेखि बदली रहने उल्लेख गरिएको छ । तर, पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि रहेको बताइएको छ ।















प्रतिक्रिया