५ कार्तिक २०८३, बिहिबार

सत्ता समीकरणबारे छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बस्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । सत्ता समीकरणबारे छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक आज बस्ने भएको छ ।

नयाँ सत्ता समीकरणमा सहमति जुटाउन तीन दलबीच बैठक बस्न लागेको हो । कुनै दुई दलबीच एकआपसमा छलफल भए पनि एक साथ तीन दलबीच छलफल हुन लागेको यो पहिलोपटक हो ।

आजको बैठकले भावी प्रधानमन्त्रीबारे सहमति जुटाउने बताइएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र सरकारमा जानुहुन्न भन्ने मत मत्थर भइसकेको छ भने संस्थापन इतर समूहले नेतृत्वका लागि अगाडि बढ्न सभापति शेरबहादुर देउवालाई सहमति दिइसकेको छ ।

सरकारको नेतृत्वको विषयमा कांग्रेस एकमत देखिएको र अंक गणितका हिसाबले पनि ठूलो रहेकाले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने सम्भावना बलियो रहेको देउवानिकट नेताहरुको बुझाई छ ।

माओवादी केन्द्रले पनि जुनसुकै शर्तमा प्रधानमन्त्री केपी ओलीलाई हाटाउने बताउँदै आएको छ ।

यद्यपि छलफलको समय भने तय गरिएको छैन ।