३ कार्तिक २०८३, मंगलबार

सिमी ट्रोल भएपछि मागिन् माफी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडकी दिग्गज नायिका सिमी ग्रेवाल बेलायती राज परिवारका राजकुमार ह्यारी र मेगन कर्मेलको चर्चित अन्तर्वार्ताले खासै प्रभावित देखिइनन् ।

ह्यारी र मेगनले आफूहरू रङ्गभेदको शिकार भएको र आत्महत्याको विचार आएको भनेपछि सिमी ग्रेवालले ट्वीटमा उनलाई दुष्टात्मा भनिन् । यद्यपि, उनको ट्वीटका कारण सोसल मिडियामा एउटा भिन्न प्रकारको बहस सुरु भएको छ जसमा सिमी नै ट्रोलिङको शिकार बनिन् ।

ओपरा विनफ्रीलाई राजकुमार ह्यारी र मेगन मर्कलले दिएको अन्तर्वार्ताको विषयमा सिमीले सोमबार ट्वीट गरेकी थिइन् तत्पश्चात् उनी नराम्रोसँग ट्रोल भइन् । सिमीले आफ्नो ट्वीटमा लेखिन्, ‘मलाई मेगनले भनेको एउटा कुरामा पनि विश्वास छैन । एउटा शब्द पनि छैन । उनी आफूलाई पीडित देखाउनका लागि झुटो बोलिरहेकी छिन् । उनी सहानुभूति प्राप्त गर्नका लागि रङ्गभेदको कार्ड खेलिरहेकी छिन् । दुष्टात्मा ।’

कतिले सिमीको यो ट्वीटमा असन्तुष्टि व्यक्त गरेका छन्, कतिले ७३ वर्षकी नायिकालाई घेरेका पनि छन् । केही प्रयोगकर्ताले ‘यस्तो प्रतिष्ठित परिवारलाई कुनै प्रमाण बिना नै कसरी प्रश्न उठाउन सक्नुहुन्छ ?’ भनेर उल्टै उनलाई प्रश्न सोधेका छन् । कतिले भने उनको खिल्ली उडाउँदै सिमी मेगनको राजसी जीवनसँग जलिरहेकी छिन् भनिरहेका छन् ।

सिमीले राजपरिवारप्रति आफ्नो विचार सोसल मिडियामा साझा गरेको यो पहिलो घटना भने होइन । यसअघि जब राजकुमार ह्यारी र मेगनले राजपरिवारबाट निस्कने कुरा गरेका थिए तब सिमीले ट्वीट गरेकी थिइन्, ‘इतिहास दोहोरिन्छ । ड्युक अफ विन्डसरले सम्बन्धविच्छेद भएकी अमेरिकी नागरिक वालिससँग विवाह गरेका थिए । सिंहासन र शाही परिवार छोडेर उनले आफ्नो जीवनको अन्त्यसम्म नै निर्वासित जीवन बिताए । उनी पूर्ण रुपमा विक्षिप्त एक उदास व्यक्ति थिए । र ती महिलाले उनलाई अन्त्यसम्म नै दबाएर राखिन् । ’

मंगलबार सिमीले यसबारे अर्को एउटा ट्वीट गर्दै लेखिन्, ‘म आफ्नो ट्वीटबाट दुष्टात्मा शब्द फिर्ता लिँदैछु । यो अलि अति भयो जस्तो छ । क्यालकुलेटिङ सायद बढी उचित शब्द हुन्थ्यो ।’ स्मरण रहोस्, मेगन मर्कल र राजकुमार ह्यारी सन् २०१७ मा नोभेम्बर २७ मा विवाह बन्धनमा बाँधिएका थिए ।