
काठमाडौं, १ चैत । ग्लोबल बिजनेस ग्रुप अन्तर्गतको शंकर इन्टरनेसनल प्रालिले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा भित्र्याएको छ ।
काठमाडौंमा एक औपचारिक कार्यक्रम गर्दै ग्लोबल बिजनेस ग्रुपले नेपालका लागि शंकर इन्टरनेसनल प्रालि एकमात्र आधिकारिक बिक्रेता भएको पनि बताएको छ ।
नेपाली बजारमा अहिले माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुईवटा भेरिएन्ट उपलब्ध छन् । ६.६७ इन्च डिसप्ले र हेलियो जी–८५ गेमिङ प्रोसेसर जडित उक्त फोन दैनिक उपयोगका लागि मात्र नभएर गेमिङ्गका लागि पनि उत्कृष्ट फोन भएको प्रेस कम्पनीले जनाएको छ ।
इन नोट–१को दुईवटै फोनमा ब्याक क्यामेरा ४८ मेगा पिक्सेल रहेको छ भने फ्रन्ट क्यामेरा १६ पिक्सेल रहेको छ । ४ जीबी र्याम र ६४ जीबी रोम भएको इन नोटको बजार मूल्य १९ हजार ९९० रहेको छ भने ४ जीबी र्याम र १२८ जीबी रोम भएको इन नोट–१ को बजार मूल्य २१ हजार ४९० रहेको छ ।
कम्पनीका बिजनेस हेड प्रतिक सवार्थियाले माइक्रोम्यास मोबाइल चाँडै नै नेपाली बजारमा उत्कृष्ट ब्राण्डमा दरिने विश्वास व्यक्त गरेका छन् । भारतमा राम्रो बजार हिस्सा ओगटेको माइक्रोम्याक्सले नेपालभर चाँडै नै आफ्ना आउटलेट अनि सर्भिस सेन्टरको विस्तार गर्ने योजना बनाएको छ ।















प्रतिक्रिया