
सुर्खेत, १ चैत । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले संसदमा लोकतान्त्रिक ढङ्गले सरकार गठन नहुने स्थितिमा संविधान अनुसार निर्वाचनमा जानुपर्ने बताएका छन् ।
शनिवार सुर्खेतमा पार्टीका सदस्य तथा सञ्चारकर्मीहरूको अन्तरक्रियामा बोल्दै उनले संसदमा सत्ता परिवर्तनको बेला सांसद किनबेचको फोहोरी खेल हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।
‘आफैले असंवैधानिक ढङ्गले विघटन गरेको सदनमा प्रधानमन्त्रीकै रूपमा उपस्थित हुने नैतिक अधिकार ओलीसँग छैन तर उनको बिदाइ पनि संवैधानिक र लोकतान्त्रिक हुनुपर्नेमा उनले जोड दिएका छन् ।
वर्तमान समस्यालाई विपक्षी दलहरू एक ठाउँमा आएर सरकार निर्माणको प्रयास गरेर निकास दिनुपर्ने बताउँदै उनले सरकार टिकाइराख्न ओलीले खेलिरहेका जस्ता फोहोरी खेल प्रतिपक्षले खेल्न नहुनेमा जोड दिए ।
‘संविधान अनुसार वैकल्पिक सरकार गठन हुन नसके बरु अर्ली इलेक्सनमा जानुपर्छ,’ पाण्डेले भने ।















प्रतिक्रिया