५ कार्तिक २०८३, बिहिबार

महिला हिंसाका दोषीलाई कारबाही गर्न अवरोध गरियो : उपप्रधानमन्त्री पोखरेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १ चैत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल र शेरबहादुर देउवाले सरकारले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको दाबी गरेका छन् ।

अनेम संघले शनिबार काठमाडौंमा गरेको महिला अगुवाहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले महिला अधिकारको कुरा गर्ने तर अधिकार स्थापित हुन नदिने योजनामा उनीहरु भएको आरोप समेत लगाएका छन् ।

कम्युनिष्ट हुँ भन्ने, प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिएर कहिलेही नथाक्नेहरुनै महिला अधिकार र सुरक्षाको विरुद्धमा अग्रपंक्तिमा उभिएको उनको भनाइ छ ।

अध्यादेश टेबल गर्न नदिएर उनीहरुले कुकर्म गरेको भन्दै उपप्रधानमन्त्री पोख्रेलले त्यसविरुद्ध विरोध र भत्र्सनाको प्रस्ताव सभाबाट पारित गराउन पनि नेतृहरुलाई सुझाव दिएका छन् ।