५ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय दलित पत्रकार संघको नेतृत्वमा पहाडी नै दोहोरिए

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १ चैत । राष्ट्रिय दलित पत्रकार संघ नेपालको नेतृत्वमा पत्रकार विनोद पहाडी पुनः दोहोरिएका छन् ।

बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले संघको संस्थापक अध्यक्ष समेत रहेका पहाडीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, खुल्ला उपाध्यक्ष मिलन परियार, प्रदेश उपाध्यक्षहरुमा पर्वत पोर्तेल, भोला पासवान, बुद्धि बिश्वकर्मा दीपक परियार, विनोद परियार, टेकेन्द्र बिश्वकर्मा र करन ताम्राकार सर्वसम्मत चयन गरेको छ ।

यस्तै महासचिवमा लक्ष्मण दर्नाल सर्वसम्मत भएका छन् भने सचिवहरूमा सन्तोष गन्धर्व, रिता बुढाथोकी र बिरु नेपाली चयन भएका छन् । त्यस्तै संघको कोषाध्यक्षमा भीमबहादुर घिमिरे निर्वाचित भएका छन् ।

पदाधिकारीसहित ४१ सदस्यीय केन्द्रिय कमिटीको सदस्यमा खुल्लातर्फ अमर सुनार, राधेश्याम बिक, प्रमिण गजमेर, प्रेम सुनार, सरिता बराइली, मानसिङ बिक, पीवी दियाली, फुलु सुनार, सन्जय सौगात, राजेश सुनाम, वसन्त बिक, भीमबहादुर नेपाली गन्धर्व, राजन गाउले, वसन्त बिश्वकर्मा, किशान संगीत नेपाली चयन भएका छन् ।

त्यसैगरी महिला सदस्य पूर्णिमा जनला, राधा नेपाली, अनिता कुमारी, सुनिता नेपाली, शान्ति गज्मेर र मालती बिक चयन भएका छन् ।