५ कार्तिक २०८३, बिहिबार

नेपालमा १५ लाख भन्दा बढीले लगाए कोरोना भाइरसविरुद्धको खोप

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएयता हालसम्म १५ लाखभन्दा बढीले कोभिसिल्ड खोप लगाएका छन् ।

खोप अभियान शुरू भएको करिब डेढ महिनामाको अवधिमा १५ लाख भन्दा धेरैले उक्त खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसबीचमा सरकारले २३ लाख ४६ हजार डोज खोप आयात गरेको छ भने हाल दोस्रो चरणको अभियान सञ्चालनमा छ ।

भारतको सेरम कम्पनीबाट खरिद गरेकोबाट १० लाख, भारतले अनुदानमा दिएको १० लाख र कोभ्याक्सबाट अनुदानमा पाएको तीन लाख ४६ हजार गरी सरकारले २३ लाख ४६ हजार डोज खोप नेपाल ल्याएको हो ।

अब सरकारसँग ८ लाख ४६ हजार डोज खोप मौज्दात छ भने अझै १० लाख डोज खोप सेरमले दिन बाँकी नै छ । बाँकी १० लाख डोज खोपका लागि सरकारले ५० करोड रुपैयाँ भुक्तानी गरिसकेको र खोप आउने प्रक्रियामा रहेको मन्त्रालयको भनाइ छ ।

यद्यपि, रकम लिएर पनि सेरमले समयमा आपूर्ति नगर्दा सञ्चालनमा रहेको अभियानअन्तर्गत कतिपय खोप केन्द्रमा खोप अभाव भएको समेत बताइएको छ ।