
काठमाडौं, १ चैत । आज देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा मौसम बदली हुने जानकारी दिँदै यस्तो पूर्वानुमान गरेको हो । महाशाखाका अनुसार आज तीन वटा प्रदेशका पहाडी भेगमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
साथै साँझपख प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।
यस्तै महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको उल्लेख गर्दै आज आइतबार दिउँसो पनि बागमती प्रदेश र प्रदेश नम्बर १ का पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना औंल्याएको छ ।















प्रतिक्रिया