
काठमाडौं, १ चैत । काठमाडौंको दक्षिणकाली नगरपालिका– ३ भञ्ज्याङमा तास खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई नगद २ लाख ६० हजार १ सय ४७ रुपियाँसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय फर्पिङ जनाएको छ ।
प्रहरीकाअनुसार जगन्नाथ कार्कीको घरमा तास खेल्दै गरेका उनीहरूलाई शनिबार बेलुकी पक्राउ गरिएको हो ।















प्रतिक्रिया