८ कार्तिक २०८३, आइतबार

कतार एयरवेज मध्यपूर्वी एसियामा ‘डिजिटल राहदानी’मोबाइल एप परीक्षण गर्ने पहिलो एयरलाइन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, २९ फागुन । । कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए), कतार जनस्वास्थ्य मन्त्रालय, प्राथमिक स्वास्थ्य सेवा निगम तथा हमाद चिकित्सा निगमको सहकार्यमा मार्च ११ देखि मध्यपूर्वी एसियामा अत्याधुनिक आईएटीए ट्राभल पास ‘डिजिटल राहदानी’मोबाइल एप परीक्षण गर्ने पहिलो एयरलाइन बनेको छ ।

यस प्रतिष्ठित एयरलाइनको दोहादेखि इस्तानबुलसम्मको उडानका यात्रुहरु उक्त ‘डिजिटल राहदानी’एप अनुभव गर्ने पहिलो समूह हुनेछन् । यस सेवामार्फत प्रत्यक्ष सम्पर्क बिना सुरक्षित तथा सुचारु यात्रा अनुभव यात्रुहरुलाई प्रदान गर्ने एयरलाइनको लक्ष्य रहेको छ ।