३ कार्तिक २०८३, मंगलबार

निर्देशकलाई कोरोना भएपछि फिल्म रोकियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता रणबीर कपूरलाई कोरोना पोजेटिभ भएपछि अब निर्माता–निर्देशक सञ्जय लीला भंसाली पनि कोभिड–१९ द्वारा ग्रसित भएका छन् ।

सञ्जय यतिबेला सेल्फ आइसोलेशनमा छन् । फिल्म गंगूबाई काठियावाडीको सुटिङका बेला सञ्जय लीला भंसाली कोरोनाभाइरसद्वारा ग्रसित भएका हुन् । हाल फिल्मको सुटिङ रोकिएको छ ।

गंगूबाई काठियावाडी फिल्मको सुटिङ मुम्बई फिल्म सिटीमा भइरहेको थियो । सञ्जय लीला भंसाली कोरोना पोजेटिभ पाइएपछि फिल्मको सुटिङ बन्द गरिएको छ । सबै कास्ट र क्रुको कोरोना परीक्षण गरिएको छ ।

‘सञ्जय लीला भंसाली कोभिड–१९ द्वारा ग्रसित भएका छन् र यतिबेला उनी सेल्फ क्वारेन्टिनमा छन्’, भारतीय सञ्चारमाध्यमले भनेका छन्, ‘आलिया भट्टले पनि आफूलाई क्वारेन्टिनमा राखेकी छिन् । रणबीर कपूर पनि कोरोना पोजेटिभ पाइएका छन् । सञ्जयको सम्पर्कमा आएका सबैले कोरोना परीक्षण गरेका छन् ।’

सञ्जय लीला भंसालीकी आमाको स्वास्थ्यको जानकारी दिँदै उनी ठीक भएको बताएको छ । स्रोतले भनेको छ, ‘कोरोना पोजेटिभ पाइएपछि सञ्जयले सबैभन्दा पहिला आफ्नी आमाको कोरोनाको परीक्षण गराएका छन् । उनको परीक्षण नेगेटिभ आएको छ र उनी ठिक छिन् तर उनले पनि सावधानी अपनाउँदै आफूलाई आइसोलेशनमा राखेकी छिन् ।’