८ कार्तिक २०८३, आइतबार

ओली सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन माओवादीको निर्देशन, २४ घण्टे स्पष्टीकरण माग

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । नेकपा (माओवादी) केन्द्रले केपी ओली नेतृत्व सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ ।

कोटेश्वरस्थित पार्टी मुख्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादीले जनाएको छ ।

बैठकले ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टाभित्र फिर्ता आउन निर्देशन दिएको छ ।

एमालेले केन्द्रीय सदस्य बनाएका माओवादी केन्द्रका २३ जना नेतालाई पार्टी परित्याग गरेको हो कि होइन भन्नेबारे निर्णय दिन २४ घण्टाको समयसिमा तोकेर लिखित जवाफ मागसमेत गरेको छ ।

माओवादीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला स्थगित गरेको छ ।