
काठमाडौं, २८ फागुन । नेपालमा ९८.६ प्रतिशत कोरोना संक्रमित निको भएका छन् ।
हालसम्म संक्रमण पुष्टि भएका २ लाख ७५ हजार ११८ जनामध्ये २ लाख ७१ हजार १७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणमुक्त हुनेको यो दर ९८.६ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
यस्तै हालसम्म नेपालमा ३ हजार १२ जना संक्रमितले ज्यान गुमाएका छन् । मृत्यु हुनेको यो दर १.०९ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९२९ जना छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ लाख १० हजार ४३४ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ९२९ जना आइसोलेसन र ५१ जना क्वारेन्टिनमा छन् ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया