
काठमाडौं, २८ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४८ जना नयाँ संक्रमित थप भएका छन् ।
पीसीआर विधिबाट २ हजार ५१२ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ११८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७१ हजार १७७ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर कोही पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । बुधबारसम्मको विवरणअनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९२९ जना छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ लाख १० हजार ४३४ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ९२९ जना आइसोलेसन र ५१ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया