
बुटवल, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा केपी ओलीले माधव नेपाललाई पेलेर अगाडि बढे विद्रोह हुने दाबी गरेका छन् ।
माधव नेपालले सकेसम्म एमालेमा कब्जा जमाउने र नसके पार्टीबाट विद्रोह गरेर आफूहरुसँग आउने प्रचण्डको भनाइ छ । आज शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कमिटी रूपन्देहीले गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘कि त माधव नेपालले एमाले कब्जा गर्ने अवस्था आउन सक्छ कि भने उहाँहरू ठूलो विद्रोहमा लाग्नुहुनेछ, विद्रोहमा हामीसँगै हुनुहुने छ ।’
एमालेमा ओलीले मनलाग्दी गर्न खोजे माधवकुमार नेपाल र झलनाथ खनाल समूहले विरोध गर्ने प्रचण्डको भनाइ छ ।
सोही कार्यक्रममा उनले केपी ओलीको बुर्जुवा हेडक्वाटरमा आफूले १९ बुँदे राजनीतिक प्रस्ताव पेश गरेर ‘बम’ हानेको समेत बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापना भएको भन्दैमा आफूहरू ढुक्क भएर बस्ने अवस्था नरहेको अध्यक्ष दाहालको भनाइ छ ।















प्रतिक्रिया