५ कार्तिक २०८३, बिहिबार

परिवर्तन उल्ट्याउन ममाथि घेराबन्दी भइरहेको छ : प्रचण्ड

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आफ्नो नेतृत्वमा आएको सबै परिवर्तन उल्ट्याउन आफूमाथि घेराबन्दी भइरहेको बताएका छन् ।

आज शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघ नेपालको पहिलो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । १२ बुँदेको हस्ताक्षरकर्तामध्ये एक आफूमात्रै जीवित रहेकाले आफूमाथि विभिन्न प्रकारको हमला भइरहेको उनको भनाइ छ ।

शान्ति प्रक्रियाका लागि भएको १२बुँदे सहमतिको प्रमुख हस्ताक्षरकर्तामध्ये गिरिजाप्रसाद कोइरालाको मृत्यु भइसकेको र आफू जीवितै भएकाले आफूमाथि घेराबन्दी भइरहेको उनको तर्क छ ।

परिवर्तन उल्ट्याउन देशभित्र र बाहिरका शक्तिबाट षडयन्त्र भइरहेको समेत उनले बताएका छन् ।

संघीयता र गणतन्त्रजस्ता उपलब्धिलाई उल्ट्याउने कोसिस भएकाले त्यसलाई रोक्न ‘रंगीन क्रान्ति’ गर्न आवश्यक पर्नसक्ने समेत बताएका छन् ।