५ कार्तिक २०८३, बिहिबार

प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन खुला, वार्षिक ८.७५ प्रतिशत ब्याज पाइने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । प्राइम कमर्शियल बैंकले आज शुक्रबारदेखि ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गरेको छ ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

निष्काशन गरिएको कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ । बाँकी १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री खुला गरेको हो ।

सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । ८ वर्षको अवधि रहेको ऋणपत्रमा वार्षिक ८.७५ प्रतिशतका दरले ब्याज पाइने तथा उक्त ब्याज हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपपछि भुक्तानी गरिने बताइएको छ ।