
काठमाडौं, २८ फागुन । यौन प्रकरणमा मुछिएको प्रमाणित भएको भन्दै नेपाली सेनाले १ जना बहालवाला सहायक रथी जर्नेल तथा २ जना महिला सैनिक अधिकृतलाई बर्खास्त गरेको छ ।
सेनाको २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति जर्नेल पंकज कार्कीले संगठनभित्रै महिला सैनिक अधिकृतलाई यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि उनलाई बर्खास्त गरिएको नेपाली सेनाले जनाएको छ ।
सेनाले कार्कीसँग लागेकी एक सैनिक अधिकृत र अर्की एक महिला सैनिकलाई पनि आचरण ठीक नभएको बन्दै बर्खास्त गरेको छ । जर्नेल कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेर छानविन गरिरहेको थियो ।
सो इन्क्वाइरीले महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको र ती महिला सैनिकको पनि आचरण खराब रहेको निष्कर्ष निकाल्दै उनीहरूमाथि कारबाहीको सिफारिस गरेको सेनाले जनाएको छ ।















प्रतिक्रिया