
तनहुँ, २८ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।















प्रतिक्रिया