मुम्बई । बलिउडकी अभिनेत्री मलाइका अरोडले सन् १९९८ मा अभिनेता अरबाज खानसँग विवाह गरेकी थिइन् । १८ वर्षपछि सन् २०१७ मा उनीहरूको सम्बन्धविच्छेद भयो ।
मलाइका र अरबाजका एक छोरा पनि छन् । उनी सम्बन्धविच्छेदको समयमा १२ वर्षका थिए । उनलाई मलाइकाको जिम्मा लगाइएको थियो ।
मलाइकाले छोराले सम्बन्धविच्छेदको बारेमा दिएको प्रतिक्रियाको बारेमा खुलासा गरेकी थिइन् । उनका छोराले भनेका थिए, ‘मम्मी म तपाईंलाई खुशी देखेर निकै खुशी छु ।’
छोरा अरहानले दिएको प्रतिक्रियाबारे बोल्दै मलाइकाले भनेकी छिन्, ‘छोरालाई हाम्रो सम्बन्धको बारेमा सबै कुरा थाहा थियो । हाम्रो परिस्थितिको बारेमा पनि उसलाई सबै थाहा थियो । मलाई छोरालाई बसेर सम्झाउन आवश्यकता नै परेन ।’
छोराले अर्जुन कपूरसँगको सम्बन्धलाई समेत स्वीकार गरेको खुलाएकी छिन् । एजेन्सी















प्रतिक्रिया