९ कार्तिक २०८३, सोमबार

कारको ठक्करबाट १६ वर्षीया किशोरीको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २८ फागुन । कैलाली जिल्लामा कारको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित बा १४ च १७२२ को स्कारपीयोले ठक्कर दिँदा सोही ठाउँकी अन्दाजी १६ वर्षीया पूर्णिमा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार कान्द्रा पुल नजिकै स्कारपीयोले पैदल हिँडिरहेका बेला चौधरीलाई ठक्कर दिएको थियो ।