२९ आश्विन २०८३, बिहिबार

युरोपकै उत्कृष्ट फवार्ड बने मेस्सी, २९ नम्बरमा झरे रोनाल्डो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

messi_neymarकाठमाडौं, १७ चैत । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सी युरोपको फुटबल खेलका उत्कृष्ट फवार्ड बनेका छन् । क्रिष्टियानो रोनाल्डोलाई नराम्ररी पछार्दै युरोपमा मेस्सी नम्बर वान फवार्ड बनेका हुन् ।

रियल मड्रिडका स्ट्राईकर रोनाल्डो भने २९ औं स्थान झरेका छन् । सीआईईएस फुटबल अब्जरभेटरीले सार्वजनिक गरेको २०१५ का उत्कृष्ट फुटबलहरुको सूचीमा मेस्सी युरोपकै नम्बर वान फवार्ड चुनिएका हुन् ।

सीआईईएसले गोल, अबसर श्रृजना, बल वितरण लगायतका आधारमा खेलाडीहरुको छनोट गरेको थियो । फवार्डको सूचीमा मेस्सी १०० अंकका साथ शीर्ष स्थानमा छन् भने बार्यन म्युनिखका आर्जेन रोबिन र तेस्रो स्थानमा वल्फसबर्गका बस डोस्ट परेका छन् ।

ronaldoबार्सिलोनाका स्वरेज चौथो, चेल्सीका डिएगो कोस्टा पाँचौ, टोटनहृयामा हृयारी केन छैटौं स्थानमा छन् । बार्सिलोनाका स्ट्राइकर नेयमार १२ औं स्थानमा छन् ।

मेस्सीले २०१५ मा १९ गोल गरेका छन् भने १३ गोलका लागि अवसर श्रृजना गरेका छन् । रोनाल्डोले भने १० गोल गरेका छन् र ४ गोल असिस्ट गरेका छन् ।

उत्कृष्ट अट्याकिङ मिडफिल्डरहरूको सूचीमा चेल्सीका इडेन हजार्ड शीर्ष, आर्सनलका ओजिल दोस्रो र म्यानचेष्टर सिटीका नाभास तेस्रो स्थानमा छन् ।